ठुलै वर्षा पछी खहरे उर्लिएको थियो, त्यसैबेला तिमी पारी पुगेकी थियौ म वारी रहेको थिए । यी आँखामा सिमसिमे पानी परेपछि आज तिम्ले दिएको गुलाबको थुंगा ले प्रेमको धर्सो कोरेर सिमा लगाउन खोज्दै थिए । तिम्रो र मेरो छुट्टिएको बाटोमा हेर्दाहेर्दै आकाशबाट हराएको यौटा तारा म छेउ टुप्लुक्क आएर खुसुक्क भन्यो आज उनले नया बशन्त भित्र्याईन । मैले उसैसंग पठायेछु लाखौ लाख शुभकामना । थपिदै जाउन यसरि नै तिम्रा उमंगका बशन्तहरु हराउदै जाउन आकाशमा यौटा यौटा गर्दै ताराहरु ।।।
कस्तो हावा तिमी, तिम्रो एक झोक्का स्पर्श संगै मैले अनुभव गर्थ्ये आहा ! दशैं आउनै लाग्यो हो , तेही हावाको स्पर्श संगै मेरो मानसपटलमा तैरिरहेछ चंचलता, सामिप्यता, अनि त्यो माधुर्यता तेही हावा हो , जसलाई आतित सम्झ्यो भने मन भित्र को उमंगता लाइ झनै ताजा बनाइदिन्छ र बर्तमानमा लगातार स्पर्श गरिरहेछ अनि दीरहेछ केवल एक्लोपनको आभाष आज यहि हावाले बोकिरहेछ तिम्ले पठाउने ती उधारो तरेलीहरु, अनि सघाईरहेछ नजानिदो पारामा ईतीहास बनाउन ! पठाउन त पठाकै हो मैले पनि, तर खै कहाँ पुर्याईदियो मेरो मस्तिस्कमा संग्रहित तिम्रा पेन्सिलले कोरिएका डोबहरू !! मलाई लाग्थ्यो यादहरु भनेका त बालुवामा कोरिएका चित्रहरु हुन् जसलाई समुन्द्रको छालसंगै आउने एक झोक्का हावाले सजिलै तहस नहस पार्ने छ !! तर यथार्थमा तेस्तो नहुदो रहेछ ; यादहरु भनेका त पत्थरमा खोपिएका चित्रहरु रहेछन, जसलाई बर्शौदेखी बालुवाले छोपी राखे पनि तेही हावाले बालुवा उडाइदिदा चित्रहरु आफै प्रस्टीदा रहेछन लगभग वर्तमान जस्तै भएर ! बस्तुस्थिती उही हो पहिले पनि र अहिले पनि , फेरिएको छ त केवल समय; भूत थियो वर्तमान भएको छ ! खै, कस्तो वर्तमान यो !! सिंगो जिन्दगि नै प्रश्नै प्रश्नको संग्रह भए पनि, केवल एउतै प्रश्नको उत्तरले धव्स्तिने पो भयेछ वर्तमान अनि सिंगो जिन्दगी ! सम्झनाका तरेलीहरु केलाउछु केवल एउतै उत्तरको खोजीमा अनि आफैसंग आफैले प्रश्न गर्न बाध्य हुन्छु "हिज म कहाँ थें !!"
मैले सोचिरहन्थे, जाबो एक मैन बत्तिले कति नै उज्यालो दिन सक्ला ! औंसीको रातमा पिल पिल उज्यालो बोकेर उड्ने जुनकीरीको बत्ती के भोलि बिहानै सम्म बल्न सक्ला ! मेरो आसपासमा उडिरहने पुतलीहरु कत्ती टाढासम्म पुग्न सक्लान ! आफ्नो परिचय परिमार्जन गर्नेहरु कतिजना सन्तुष्ट हुन्छन होला ! अनि, बम भोले भन्दै शिवजीको भेष धारण गरेका बाबाहरुको कमन्डलु कुनै दिन एक-एक मोहोरको सिक्काले भरिन्छ होला ! `ती` मैन बत्ति, `ती` जुनकीरीहरु , `ती` पुतलीहरु , `ती` परिमर्जिताहरु, अनि `ती` बाबाहरु आखिर कति यस्तै यस्तै `ती` हरु सफल हुन्छन होला आफुले पछ्याउँदै गरेको गन्तब्य पहिल्याउन अनि एउटा एउटा खहरे बाट इन्द्रसरोबर बन्न !!
कस्तो हावा तिमी, तिम्रो एक झोक्का स्पर्श संगै मैले अनुभव गर्थ्ये आहा !.....
2015 © Designed/developed By Lokraj Ghimire
RECENT COMMENTS
Monday the 21st
Commented By:
.......
Monday the 21st
Commented By:
..............
Monday the 21st
Commented By:
.............